निशुल्क लेखा तालिम (Accounting Training) उद्घाटन कार्यक्रम सम्पन्न

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसकाे आयाेजनामा निशुल्क Accounting training उद्घाटन कार्यक्रम सम्पन्न

6.21K
shares

काठमाडौ ।  स्वतन्त्र विद्यार्थी युनियन बानेश्वर बहुमुखी क्याम्पसकाे आयोजनामा तथा बानेश्वर बहुमुखी क्याम्पसको सहकार्यमा लेखा तालिम (Accounting training) उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

क्याम्पसमा अध्ययनरत बि.बि.एस. संकायका विद्यार्थीहरूका लागि निशुल्क एक महिना लेखा तालिम (Accounting training) कार्यक्रम औपचारिक रूपमा शुरु भएको हाे।

वर्तमान शिक्षा प्रणालीलाई व्यवहारिक, उद्यमशीलता तथा रोजगारीसँग जोड्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियन बानेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष भुमिराज अधिकारीकाे अध्यक्षतामा तथा क्याम्पस प्रमुख डा. घमानसिंह खड्काकाे प्रमुख आतिथ्यता रहेको थियाे । साथै अतिथिकाे रुपमा बि.बि.एस विभागका प्रमुख अर्जुन आचार्य स्नातकोत्तर  एमबिएसका प्रमुख राजेन्द्र प्रसाद दाहाल लगाएतकाे उपस्थिति रहेको थियाे।

 

कार्यक्रममा क्याम्पस प्रमुख डा. घमानसिंह खड्काले बि.बि.एस. संकायका विद्यार्थीहरूका लागि आयोजना गरिएको लेखा तालिम कार्यक्रमले सैद्धान्तिक शिक्षालाई व्यवहारिक ज्ञानसँग जोड्ने महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनु भयो। वर्तमान प्रतिस्पर्धी समयअनुसार लेखा तथा वित्तीय सीपमा दक्ष जनशक्तिको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै यस्ता तालिमहरूले विद्यार्थीहरूलाई रोजगारी र उद्यमशीलतामा सक्षम बनाउने विश्वास व्यक्त गर्नुभयो। स्वतन्त्र विद्यार्थी युनियन र बानेश्वर बहुमुखी क्याम्पसबीचको सहकार्य सराहनीय रहेको बताउँदै आगामी दिनमा पनि यस्ता शैक्षिक तथा सीपमूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो।

त्यसै गरी स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष भुमिराज अधिकारीले स्वतन्त्र विद्यार्थी युनियनले विद्यार्थीहरूको हक, हित र अधिकार संरक्षणसँगै व्यवहारिक र रोजगारमुखी शिक्षामा विशेष जोड दिँदै आएको बताउनुभयो। बि.बि.एस. संकायका विद्यार्थीहरूका लागि आयोजना गरिएको लेखा तालिम कार्यक्रमले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञान मात्र नभई वास्तविक जीवनमा प्रयोग हुने सीप प्रदान गर्ने उहाँको भनाइ थियो। विद्यार्थीहरूलाई अवसरको सदुपयोग गर्दै तालिममा सक्रिय सहभागिता जनाउन आग्रह गर्दै, स्ववियुले आगामी दिनहरूमा पनि विद्यार्थी केन्द्रित, रचनात्मक तथा सीपमूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अध्यक्ष अधिकारीले लेखा तालिमले विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान प्रदान गर्दै रोजगारीका अवसरहरू सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।

साथै स्वतन्त्र विद्यार्थी युनियनले आगामी दिनहरूमा पनि विद्यार्थी केन्द्रित यस्ता शैक्षिक तथा सीपमूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा बि.बि.एस. संकायका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियाे। कार्यक्रममा स्ववियु पदाधिकारी सदस्य लगाएतकाे उपस्थिति रहेकोे थियाे।


divya collage
unigloble collage