राष्ट्रिय सभा निर्वाचन: कोशी र गण्डकीमा मतगणना सुरु
वि.सं.२०८२ माघ ११ आइतवार १६:१४
2.2K
shares
shares

काठमाडौँ । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कोशी र गण्डकी प्रदेशमा मतगणना सुरु भएको छ ।
निर्वाचन कार्यतालिकाअनुसार आइतबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको थियो । मतदान समय सकिएसँगै दुवै प्रदेशमा मतगणना प्रक्रिया सुरु गरिएको हो ।
निर्वाचन आयोगका अनुसार कोशी प्रदेशमा स्थानीय तहतर्फ २५८ जना र प्रदेश सभातर्फ ८७ जनाले मतदान गरेका छन् । कोशीमा स्थानीय तहतर्फ २६७ जना र प्रदेश सभातर्फ ९२ जना मतदाता रहेका थिए ।
यस्तै, गण्डकी प्रदेशमा प्रदेश सभातर्फ ५७ जना र स्थानीय तहतर्फ १६६ जनाले मतदान गरेका छन् ।
निर्वाचनको अन्तिम परिणाम मतगणना सकिएपछि सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ ।































