रास्वपाको चुनावी सभा धनगढीमा रवि र बालेनले सम्बोधन गर्ने

3.16K
shares

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टीले आज धनगढीमा चुनावी कार्यक्रम आयोजना गर्ने भएको छ। पार्टीका शीर्ष नेतृत्व सहभागी हुने सभालाई विशेष महत्वका साथ हेरिएको छ।

कार्यक्रममा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्ने तयारी गरिएको छ। सुदूरपश्चिम प्रदेशस्तरीय शक्ति प्रदर्शनका रूपमा हेरिएको उक्त सभामा स्थानीय कार्यकर्ता र समर्थकको ठूलो सहभागिता अपेक्षा गरिएको छ।

यसअघि पार्टीले जनकपुरमा प्रदेशस्तरीय पहिलो कार्यक्रम आयोजना गरेको थियो। सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टका अनुसार लामिछाने सभाका लागि एक दिनअघि नै धनगढी पुगिसकेका छन् भने शाह आजै कार्यक्रममा सहभागी हुनेछन्। सभा बिहान ११ बजेदेखि सुरु हुने जनाइएको छ।

धनगढीको कार्यक्रमपछि पार्टीले फागुन ७ गते सुर्खेतमा अर्को चुनावी सभा आयोजना गर्ने योजना बनाएको जनाएको छ।


divya collage
unigloble collage