झापा–५ मा कुनै सहकार्य हुँदैन : रन्जितलाई प्रचण्डको फोन

3.04K
shares

१४ फागुन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले झापा क्षेत्र नम्बर ५ मा कुनै पनि दलसँग चुनावी सहकार्य नहुने स्पष्ट पारेका छन्।

बिहीबार झापा–५ का उम्मेदवार रन्जित तामाङसँग टेलिफोन वार्ता गर्दै प्रचण्डले सामाजिक सञ्जालमा फैलिएको गठबन्धन सम्बन्धी हल्लामा विश्वास नगर्न र सक्रिय रूपमा चुनावी अभियानमा लाग्न आग्रह गरेका हुन्।

तामाङका अनुसार प्रचण्डले फोनमा कुनै पनि दलसँग गठबन्धनबारे छलफल नभएको र नहुने बताएका छन्। उनले पार्टी पंक्तिलाई दृढतापूर्वक चुनावमा लाग्न निर्देशन दिएका थिए।

फोनवार्ताका क्रममा तामाङले पूर्व क्षेत्रमा चुनावी सभा आयोजना गर्ने तयारीबारे जानकारी गराउँदै प्रचण्डलाई सहभागी हुन आग्रह गरेका थिए। उनले झापामै ठूलो सभा गर्नुपर्ने प्रस्ताव समेत राखेको बताएका छन्।

यसअघि बुधबार काठमाडौंमा बुद्धिजीवीहरूसँगको छलफलमा प्रचण्डले राष्ट्रिय मुद्दामा कांग्रेस र एमालेसँग पनि संवाद आवश्यक हुन सक्ने बताएका थिए। सो अभिव्यक्तिपछि झापा–५ लगायत क्षेत्रमा सम्भावित गठबन्धनबारे टिप्पणी बढेपछि उनले स्पष्टिकरणस्वरूप तामाङलाई फोन गरेको जनाइएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083