कीर्तिपुर होल्डिङ सेन्टरबाट जेनजी अभियन्ता माजिद अन्सारीसहित केही व्यक्ति नियन्त्रणमा
वि.सं.२०८३ असार २७ शनिवार १९:३२
1.43K
shares
shares

काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरबाट जेनजी अभियन्ता माजिद अन्सारी, सरिश्मा थापासहित केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
होल्डिङ सेन्टरमा रहेका सुकुमवासीहरू डुबानमा परेको सूचना पाएपछि सहयोगका लागि पुगेका अभियन्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।
प्रहरी नियन्त्रणमा परेपछि अभियन्ता माजिद अन्सारीले पक्राउका क्रममा आफूहरूमाथि दुर्व्यवहार भएको आरोप लगाएका छन्। उनका अनुसार प्रहरीले कुटपिट र लछारपछार गर्दै नियन्त्रणमा लिएको तथा त्यसक्रममा आफ्नो नाकबाट रगतसमेत आएको दाबी गरेका छन्।
प्रहरीले भने नियन्त्रणको कारण र घटनाबारे आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन। घटनाबारे थप विवरण आउन बाँकी छ।


















