माओवादी कार्यकर्ताले गरे ब्यानरको विरोध , कार्यक्रम हल भित्रै नारा जुलुस

२०७५ वैशाख ९ आइतवार
1.8K
shares
काठमाडौ । नेपाल कम्युनिस्ट स्थापना दिवसको अवसरमा आयोजित एकताको सन्देश कार्यक्रमा नेकपा एमाले र माओवादी केन्द्रियको संयुक्त कार्यक्रम हल भित्रै एमालेको मात्र वर्चस्व भएको भन्दै माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले विरोध सहित नारा बाजि गरेका छन् ।
एकताको सन्देश कार्यक्रममा नै लफडा भए पछि
पार्टी एकता भए पनि पार्टी भित्रका नेता तथा कार्यकर्ता मिल्छन त भन्ने गम्भीर प्रश्न उठेको हो।
नेकपा एमाले निकट विद्यार्थी संगठनले ब्यान निकाल्न साथ विरोध जनाएको थियो भने त्यसो समर्थन माओवादी केन्द्रका नेता तथा कर्याकर्ताले गरेका थिए । कार्यक्रममा केही समय अगाडि मात्र ब्यानरको विषयमा विभाद भएको हो ।
माओवादी केन्द्र र एमाले बीच यहि नै अवस्था रहने हो भने नेपाल कम्युनिस्ट पार्टी एकताले कुनै पनि औचित्य पुर्ण न गर्ने प्रष्ट देखिएको छ । कार्यक्रममा हजारौं नेता तथा कार्यकर्ता उपस्थित रहेका थिए ।

२०७५ वैशाख ९ आइतवार