विकासको यो गतिले देशमा समृद्धि आउँदैन : मन्त्री ‘जम्मकट्टेल’

Nepal Life Insurance Long Ad

हेटौँडा । प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले वर्तमान सरकारको विकास गतिले देशमा समृद्वि नआउने दाबी गरेका छन्।

पत्रकारविरुद्व हुने अपराधको दण्डहीनता अन्त्यसम्बन्धी अन्तर्राष्‍ट्रिय दिवसको अवसरमा फ्रिडम फोरमद्वारा आयोजित सुरक्षित पत्रकारिताको लागि दण्डहिनताको अन्त्य विषयक अन्तरक्रिया कार्यक्रम जम्मकट्टेलले यस्तो बताएका हुन्। कार्यक्रममा बोल्दै उनले समृद्व नेपालको नारा बोकेको सरकारले विकास गतिलाई द्रुत गतिमा अघि बढाउनुपर्नेमा जोड दिए। ‘यो मोडेलबाट देश विकास हुँदैन, सरकारले विकासको गति लिएन’ उनले भने । विकासको पैसा एकातिर मात्रै केन्द्रित हुनुपर्ने भन्दै मन्त्री जम्मकट्टेलले सबैभन्दा पहिला सरकारले सुरुङमार्ग बनाउनुपर्ने बताए। सुरुङमार्ग बनिसकेपछि मात्रै विकासको बाटो खुल्ने उनको भनाइ छ।

उनले प्रदेश सरकारले सञ्चारसम्बन्धी कानुन बनाइरहेको भन्दै कानुन बनिसकेपछि पत्रकारितामा भएको विकृत्ति अन्त गर्ने बताए। मन्त्री जम्मकट्टेलले आफूले पत्रकारको हकहितको लागि सिपाहीका रूपमा काम गर्दै आइरहेको भन्दै नेपालमा पत्रकारिता क्षेत्रमा धेरै विकृति रहेको स्पष्ट पारे। उनले पत्रकारहरुलाई स्वतन्त्र रही पेसागत हकहितको हिसाबले समान रूपमा काम गर्न आग्रह पनि गरे।

पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका उच्च अदालत बार एसोसियसन हेटौँडाका अध्यक्ष युवराज ओली, पत्रकार महासंघ ३ नम्बर प्रदेशका महासचिव कृष्ष्ण सारु मगर, संयोजक राममणि दाहाललगायत सञ्चारकर्मीहरूको उपस्थिति थियो।


बागमती प्रदेश प्रमुख डिआईजी अरुण पौडेलद्वारा पदभार ग्रहण

बागमती प्रदेश प्रमुख डिआईजी अरुण पौडेलद्वारा पदभार ग्रहण

२०८२ वैशाख २५ बिहीवार

काठमाडौं । बागमती प्रदेश प्रहरी प्रमुखको रूपमा प्रहरी नायव महानिरीक्षक...

डीआइजी कृष्ण हरि शर्माद्वारा नवनिर्मित प्रहरी चौकी शिखरपुरको उद्घाटन

डीआइजी कृष्ण हरि शर्माद्वारा नवनिर्मित प्रहरी चौकी शिखरपुरको उद्घाटन

२०८१ माघ २२ मंगलवार

काठमाण्डौं । नेपाल सरकारको नियमित बजेटबाट निर्माण भएको प्रहरी चौकी...

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट बिदा भए प्रहरी उपरीक्षक दुर्गा राज रेग्मी

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट बिदा भए प्रहरी उपरीक्षक दुर्गा राज रेग्मी

२०८१ माघ १३ आइतवार

हेटाैडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट प्रहरी उपरीक्षक दुर्गा...

डीआइजी कृष्ण हरि शर्माको प्रमुख आतिथ्यतामा सडक दुर्घटना तथा न्यूनीकरण सम्बन्धी ट्राफिकसँग छलफल

डीआइजी कृष्ण हरि शर्माको प्रमुख आतिथ्यतामा सडक दुर्घटना तथा न्यूनीकरण सम्बन्धी ट्राफिकसँग छलफल

२०८१ मंसिर ६ बिहीवार

हैटाैडा । बागमती प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी)...

६९ औं प्रहरी दिवस २०८१ को अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

६९ औं प्रहरी दिवस २०८१ को अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

२०८१ असोज २९ मंगलवार

हेटाैडा । ६९ औं प्रहरी दिवस २०८१ को अवसरमा आयोजित...

डिआईजी कृष्ण हरि शर्माद्वारा मातहतका प्रहरी कार्यालय प्रमुखहरूसँग बार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर

डिआईजी कृष्ण हरि शर्माद्वारा मातहतका प्रहरी कार्यालय प्रमुखहरूसँग बार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर

२०८१ भदौ २८ शुक्रवार

हेटौडा । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्ण...