वाग्मती प्रदेश चाहिँदैन, पहिचान मेट्न पाइँदैन

6.66K
shares

काठमाडौं । प्रदेश ३ को नाम बाग्मती राख्न खोजेको भन्दै सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको सचिवालय समितिको बैठकले प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा राख्न प्रदेशसभालाई आग्रह गर्ने निर्णय गरेको विरोधमा प्रदर्शन भएको हो ।

विभिन्न जातीय संघस‌ंस्थाले प्रदेश ३ को नाम नेवास् ताम्सालिङ राख्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् । सोमबारदेखि प्रदेश ३ को प्रदेशसभा अधिवेशन सुरु हुन लागेकाले उनीहरुले प्रदर्शन गरेका हुन् ।