प्रदेश नं ५ प्रदेशसभाको बैठक आह्वान
वि.सं.२०७५ मंसिर १९ बुधवार ११:२३
6.08K
shares
shares

रुपन्देही । प्रदेश नं ५ का प्रमुख उमाकान्त झाले आगामी मङ्सिर २६ गतेका लागि प्रदेशसभाको बैठक आह्वान गरेका छन् ।
मुख्यमन्त्री शङ्कर पोखरेलको सिफारिशमा संविधानको धारा १८३ को उपधारा १ बमोजिम आगामी मङ्सिर २६ गते दिनको १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता कमलप्रसाद घिमिरेद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको बैठक आह्वान गर्नका लागि प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।















