४०० मिलिलिटरसम्म ठगी गर्ने पेट्रोल पम्पलाई कारवाही
वि.सं.२०७५ मंसिर १९ बुधवार ११:२८
6.53K
shares
shares

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले पेट्रोलियम पदार्थमा ठगी गर्ने पेट्रोल पम्पलाई कारवाही गरेको छ । विभागले १० लिटर पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दा ४०० मिलिलिटरसम्म ठगी गरेको भन्दै विजय आयल स्टोर कलैयालाई आज कारवाही गरेको हो ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले सफ्वयरका माध्यामबाट व्यापक ठगी गरेकाले कारवाही गरेको बताए । “कानून प्रक्रिया पूरा गरी तीन महीना कैद सजाय र १० हजार जरिवाना गरेका छौँ”, उनले भने।
पछिल्लो समय सफ्टवयर प्रविधिको प्रयोग गरी ठगी गर्नेक्रम बढेपछि विभागले यस्ता पेट्रोल पम्पमाथि विशेष निगरानी शुरु गरेको छ । विभागले एक महीना अगाडि मात्र यसरी ठग्ने १२ पेट्रोल पम्पलाई कारवाही गरेको थियो ।































