पत्रकार महासंघ कञ्चनपुरका ३३ सदस्यको सदस्यता खारेजीका लागि सिफारिस

8.28K
shares

नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाले ३३ साधारण सदस्यको सदस्यता खारेजका लागि सिफारिस गर्ने निर्णय गरेको छ।

महासङ्घका कार्यवाहक अध्यक्ष दुर्गा उपाध्यायको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले दुई वर्षसम्म सदस्यता नवीकरणका लागि महासङ्घको सम्पर्कमा नआएका सदस्यको सदस्यता खारेजका लागि पत्रकार महासङ्घ केन्द्रीय कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको हो।

महासङ्घमा शुद्धीकरणको चर्चा चलिरहेका बेला महासङ्घले विधानअनुरूप नवीकरणका लागि अनुपस्थित साधारण सदस्यको सदस्यता खारेजीका लागि निर्णय गरिएको कार्यावाहक अध्यक्ष उपाध्यायले बताए।

“आगामी बैठकबाट निष्क्रिय, विदेशिएका, निर्वाचित जनप्रतिनिधि र सरकारी जागिरमा रहेका सदस्यको पनि सदस्यता खारेजीका लागि पहल गर्नेछौँ”, उनले भने।

विसं २०५३ मा स्थापना भएको महासङ्घ कञ्चनपुरमा २६० साधारण सदस्य छन्।

त्यसमध्ये ३३ जनाको सदस्यता खारेज गर्ने निर्णय गरिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083