दुई दिनदेखि बेपत्ता प्रहरी जवान रामबहादुर साउदको शव फेला

8.85K
shares

दुई दिनदेखि बेपत्ता प्रहरी जवान रामबहादुर साउदको आज विहान शव फेला परेको छ।

प्रहरीको हत्या

प्रहरी पोष्ट जुगेडमा कार्यरत प्रहरी जवान साउदको शव मोहना नदीमा फेला परेको हो।

गत शनिबार राति नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र जवान साउद बेपत्ता भएका थिए।

असई बिकको शव आइतबार बिहान नेपाल–भारत सीमा स्थित मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा फेला परेको थियो।​

प्रहरी जवानको साउँदको शव भने बिकको शव फेला परेको स्थानबाट दुई सय मिटर माथि नदीमै फेला परेको हो।

धनगढी उपमहानगरपालिका वडा नम्बर १० को नेपाल–भारत सीमा स्थित मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा फेला परेका असई बिकको हत्या गर्ने गिरोह पक्राउ परेको स्रोतले जनाएको छ ।

बिकको घाँटी रेटी हत्या गर्ने कार्यमा संलग्न ६ जना पक्राउ परिसकेको र उनीहरु हत्या गरेको पनि स्वीकार गरिसकेको प्रहरी स्रोतले बतायो ।

घटनामा संग्लन केही व्यक्तीहरु भागिरहेकोले उनीहरुको पनि खोजी तिव्र बनाईएको छ । प्रहरीले हत्यामा संग्लन भएको आशंकामा १६ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

घटनामा संलग्न भएका ६ जना र अन्य १० जनालाई छुट्टाछुट्टै राखेर प्रहरीले बयान गरिरहेको स्रोतले बतायो ।

सुदूर पश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक उत्तम सुवेदीले गएराति थप तीन जना पक्राउ गरेको पुष्टि गरे ।

आफ्नो अवैध धन्दामा अवरोध बनेपछि तस्करहरुले धनगढी उपमहानगरपालिका–१२ जुगेडा स्थित अस्थायी प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरिक्षक (असई) गोविन्द बिकलाई निर्ममतापूर्वक हत्या गरेको खुलेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेश कुमार सिहले पनि अपराधीको नजिक पुगेको बताएका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083