राज्यमन्त्रीका सुरक्षाकर्मी मृत भेटिए

सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्त्रीका एक पिएसओ मृत फेला परेका छन् ।
सुदूरपश्चिमका आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका ‘पर्सनल सेक्युरिटी अफिसर’ पिएसओ रमेशदत्त जोशी मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार उनी आफ्नै घरमा मृत भेटिएका थिए ।
घरमा एक्लै बस्दै आएका उनीलाई आज परिवारका सदस्य घर फर्किदा मृत फेला पारेका हुनउनी कोठामा हिटर बालेर ढोका बन्द गरेर सुतेको अवस्थामै मृत भेटिएको बताइएको छ ।
घटनाका बिषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी हवल्दार रहेका जोशीको दरबन्दी धनगढी गणमा रहेको थियो ।
१३ माघ २०७८, बिहीवार ०८:३३ बजे प्रकाशित