दीपावलीका लागि आदर्शनगरमा २ लाखको सजावट

6.37K
shares

वीरगञ्ज । वीरगञ्जको मुटुमा रहेको आदर्शनगर ग्रिनसिटीको रुपमा परिचित छ । स्थानीय स्तरमा गठन भएको ग्रिनसिटी सामुदायिक केन्द्रको सक्रियतामा आदर्शनगरलाई ग्रिन सिटी बनाइएको छ । सडकको दायाँबायाँ किनारामा रुख बिरुवा विस्तारै हुर्कदैछन् । नगरको अन्य स्थानको तुलनामा सरसफाइमा पनि अगाडि नै छ । दीपावलीका लागि ग्रिन सिटीलाई थप आकर्षक र मनमोहक बनाइएको छ । ग्रिनसिटी सामुदायिक सेवा केन्द्रकै पहलमा आदर्शनगर क्षेत्रलाई झिलिमिली बत्ति लगाएर आकर्षक बनाइएको हो ।

आदर्शनगर चोकदेखि ठाकुरराम बहुमुखी क्याम्पससम्म सजावट गरिएको ग्रिन सिटी समुदायिक केन्द्रका सचिव मुर्ली जालनले जानकारी दिए । ‘दीपावलीमा ग्रिन सिटीलाई आकर्षक बनाउन कै लागि सजावट गरेका छौं,’ उनले भने, ‘ दुई लाख खर्च भयो, दिपावलीमा सर्वसाधरण आदर्शनगर क्षेत्रको अवलोकन गर्न मात्रै पनि आउने वातावरण हामी निर्माण गरिरहेका छौं ।’

अवलोकन गर्न आउनेहरु सर्वसाधरणहरुका लागि ‘सेल्फी स्पट’ समेत निर्माण गर्न लागिएको सचिव जालनले बताए । स(परिवार सभ्य र भयमुक्त वातावरणमा आफन्तहरुसंग रमाइलो गर्न पाउन भनी उद्देश्यले दिपावलीका दिनमा खुल्ला साँस्कृतिक कार्यक्रमको समेत आयोजना गर्न लागिएको ग्रिन सिटी सामुदायिक केन्द्रले जनाएको छ ।

परम्परा जोगाउन योगदान

आदर्शनगर मारवाडी समुदायको बाहुल्यता भएको टोल हो । मारवाडी समुदायमा दिपावलीमा स-परिवार नै घर बाहिर निस्केर दिपावली हेर्नुको साथै आपसमा शुभकामना गर्ने चलन छ । तर पछिल्लो समयमा सुरक्षा लगायतका विविध कारण मानिसहरु घर बाहिर निस्कन रुचाउँदैनन् ।

ग्रिनसिटी सामुदायिकको पहलमा त्यो परम्परालाई पनि स्थापित गराउन लागिएको अध्यक्ष प्रकाश खेतानले जानकारी दिए । ‘दीपावलीमा स-परिवार घर बहिर निस्केर शुभकामना आदान प्रदान गर्ने र दिपावलीलाई हेर्ने चलन थियो । पछिल्लो समयमा विस्तारै हराउँदै गएको थियो,’ उनले भने, ‘ग्रिन सिटीले शहरमा सजावटको काम थालेपछि परम्पराले निरन्तरता पाएको छ ।’


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083