सिन्धुपाल्चोकका त्रिपालबाट सुरक्षा दिइरहेका प्रहरी अब सुविधायुक्त भवनमा

Nepal Life Insurance Long Ad

सिन्धुपाल्चोक । भूकम्पमा जिल्लाका सम्पूर्ण प्रहरी कार्यालयहरु ध्वस्त भएपछि पालमा बसेर जनताको शान्ति सुरक्षाका लागि खटिदै आएका सिन्धुपाल्चोकका प्रहरीहरु यतिबेला भने सुविधासम्पन्न भवन बस्न थालेका छन् ।

२०७२ सालको भूकम्पमा जिल्ला प्रहरी कार्यालयसहित प्राय सबै भवन ध्वस्त भएका थिए । लामो समयसम्म पालमा बसेर डिउटी गरिरहेका प्रहरीहरु भने यतिबेला भवन निर्माण सम्पन्न भएपछि भने आफ्नै प्रहरी कार्यालयमा बसेर डिउटी गर्न थालेका छन् । भूकम्पमा भत्किएका प्रहरी कार्यालयका भवनहरु केही निर्माण सम्पन्न भएका छन् भने केही निर्माणको अन्तिम चरणमा रहेका छन् ।

केही प्रहरी चौकीहरु भने वजेट भएपनि जग्गा अभावमा निर्माण हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी मुकुन्द मरासिनीले जानकारी दिए । प्रहरी प्रधान कार्यालयको समन्वयमा पुन निर्माण प्राधिकरणले भूकम्पमा भत्किएका प्रहरी चौकीहरु निर्माणका लागि वजेट दिएको थियो । भूकम्प गएको एक वर्षपछि निर्माण सुरु भएका प्रहरी चौकीहरु सुविधासम्पन्न रुपमा निर्माण भइरहेको प्रमुख मरासिनीले बताए । जवानहरुको लागि ब्यारेक,महिला र पुरुषका लागि छुट्टा-छुट्टै थुनुवा कक्ष,कार्यालय लगायतका संरचनाहरु नयाँ प्रहरी कार्यालयहरुमा रहेका छन् ।

जग्गा नहुँदा रोकिएका प्रहरी कार्यालयहरु बाहेक आउने वर्ष सबै प्रहरी कार्यालयहरु निर्माण सम्पन्न हुने जिल्ला प्रहरी कार्यालयका डीएसपी विमलराज कणेलले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय सहित पाँच इलाका प्रहरी कार्यालय,पाँच अस्थायी प्रहरी पोष्ट र २१ प्रहरी चौकी सहित सिन्धुपाल्चोकमा विभिन्न स्थानमा गरी ३१ प्रहरी युनिटहरु रहेका छन् ।

साढे ५ सय प्रहरीहरु भूकम्पपछि अस्थाई टहरो र प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको पालमा आफ्नो कार्यालय सञ्चालन गरिरहेका थिए । भुकम्पपछि चिसो मौसम र वर्षामा समेत अस्थाई संरचनामा बस्दा प्रहरीलाई समस्या भएपनि भवन निर्माण भएपछि भने त्यो सबै समस्याबाट मुक्ति पाएको जिल्ला प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले जानकारी दिए ।

अस्थायी संरचनामा बस्दा धेरै प्रहरीहरु बिरामी भएका र हातहतियार समेत सुरक्षा गर्न प्रहरीहरुलाई समस्या भएको डीएसपी विमलराज कणेलले बताए । ३१ प्रहरी कार्यालय मध्ये जग्गा भएका जिप्रकासहित १७ प्रहरी कार्यालय निर्माणका लागि पुननिर्माण प्राधिकरणले २२ करोड रुपैयाँ पठाएको थियो ।

अन्य प्रहरी कार्यालय निर्माणका लागि प्राधिकरणले वजेट पठाएपनि जग्गा अभावमा वजेट फिर्ता भएको डीएसपी कणेलले बताए । भूकम्पपछि निर्माण सुरु गरिएको मध्ये इप्रका जलविरे, प्रहरी चौकी सानोसिरुवारी,ठोकर्पा,साँगाचोक र लामोसाँघु निर्माण सम्पन्न भइसकेका छन् ।अन्य प्रहरी कार्यालयहरु पनि निर्माण सम्पन्न हुने क्रममा रहेको डीएसपी कणेलले जानकारी दिए ।


प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” शुरु

प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” शुरु

२०८२ जेठ २२ बिहीवार

पर्सा ।  जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी...

प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न

प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न

२०८२ जेठ ११ आइतवार

काठमाडौ । प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम...

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८२ जेठ ११ आइतवार

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त...

लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२ जेठ १० शनिवार

काठमाडौ । लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक एवं शान्ति सुरक्षा...

लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८२ वैशाख २८ आइतवार

काठमाडौ । लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर...

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८२ वैशाख १८ बिहीवार

काठमाडौ । लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर...