गोरेको हत्या भएको आशंका, एकजना पक्राउ

वि.सं.२०७५ कात्तिक २१ बुधवार १७:२३
4.42K
shares
shares

धनकुटा । महालक्ष्मी नगरपालिका-३ डाँडागाउँ बस्ने ६५ वर्षीय गोरेबहादुर तामाङको हत्या भएको प्रहरीले आशंका गरेको छ ।
प्रारम्भीक अनुसन्धानका क्रममा गोरेको हत्या भएको हुनसक्ने भन्दै प्रहरीले डाँडागाउँकै ४० वर्षीय सत्यजंग तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । गोरे सोही ठाउँको बारीमा मृत अवस्थामा फेला परेका थिए । पक्राउ परेका सत्यजंगको घरमा खानतलासी गर्दा १ नाल भरुवा बन्दुक र १ थान खुकुरीसमेत भेटिएको प्रहरीले जानकारी दिएको छ ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।