दिपावलीको बत्ती बाल्दा बाल्दै करेन्ट लागेर एक बालकको ज्यान गयो
वि.सं.२०७५ कात्तिक २२ बिहीवार ०८:१६
6.76K
shares
shares

सर्लाही । सर्लाहीको मलंगवा वडा नम्बर १० मा करेन्ट लागेर एक जना बालकको ज्यान गएको छ। दिपावलीको बत्ती बाल्न प्रयोग गरिएको तारबाट करेन्ट लाग्दा रामेश्वर रायको १० वर्षका छोरा निशान्त रायको ज्यान गएको हो।
घरको छतमा रहेको बिजुलीको तार छुँदा करेन्टको झड्का लागेर बालक भूइँमा बजारिएका थिए। मृतक बालकको शव पोष्टमार्टमका लागि सर्लाही अस्पताल मलंगवा राखिएको प्रहरीले जनाएको छ।



















