बोक्सीको आरोपमा महिलामाथि निर्घात कुटपिट

Nepal Life Insurance Long Ad

धनुषा । धनुषामा एक महिलामाथि बोक्सीको आरोपमा निर्घात कुटपिट गरिएको छ। सबैला नगरपालिका–१२ रघुनाथपुर निवासी ३७ वर्षीया जुलेखा खातुनले बोक्सीको आरोपमा आफूमाथि कुटपिट गरी क्रूर अमानवीय व्यवहार गरिएको भन्दै प्रहरीमा जाहेरी दिएपछि घटना बाहिरिएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषामा पीडित खातुनले आफूलाई छ जना स्थानीयवासीले बोक्सीको आरोप लगाउँदै निर्ममतापूर्वक कुटपिट गरेको भन्दै जाहेरी दिएकी छन्। स्थानीय रहिमन कवारीकी पत्नी खैतुन खातुन, जुमरात राइनकी पत्नी अजिमा खातुन, ओकराहावाला भन्ने जुमरत राइन, मो हबिब राइन, मो समिम राइन र अ‍ैलुन राईनलगायतका व्यक्तिले बोक्सी भन्दै आफूमाथि कुटपिट गरेको पीडित खातुनले जाहेरीमा उल्लेख गरेकी छिन्।

पीडित खातुनले कात्तिक १३ गते दिउँसो आफ्नै घरमा खाना खाएर आराम गरिरहेको समयमा घरमै प्रवेश गरी तिनीहरुले गाली बेइज्जत गर्दै घरबाट बाहिर ल्याई आफूलाई बोक्सी भन्दै निर्घात कुटपिट गरेको जाहेरीमा उल्लेख गरेकी छिन्। पीडितले भनिन्, “कपाल समातेर लछारपछार गर्दै सार्वजनिक रुपमा नै ममाथि कुटपिट भयो, बोक्सीको आरोपमा बदनाम गरियो, म एउटी महिलामाथि पर पुरुषहरुले लछारपछार गरे, कुटपिट गरे, मेरो सामाजिक अपमान गरियो र मैले न्याय पाउनुपर्छ।

पीडित खातुनले विपक्षीहरुको डरले आफूलाई गाउँलेले समेत साथ दिन छोडेको र इलाका प्रहरी कार्यालय सबैखालका प्रहरी सहायक निरीक्षकले समेत उल्टै आफूलाई नै धम्काएर पठाएको बताइन्। पीडित खातुनकी सासू गुब्दी खातुन र ससुरा इस्लाम कवारीले उनीहरुले आफ्नो बुहारीलाई अनाहकमा कुटपिट गरेको र गाउँमा बोलाइएको पञ्चायतमा समेत उल्टै आफूहरुलाई नै गलत साबित गर्ने प्रपञ्च रचिएको दुःखेसो सुनाए।


प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” शुरु

प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” शुरु

२०८२ जेठ २२ बिहीवार

पर्सा ।  जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी...

प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न

प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न

२०८२ जेठ ११ आइतवार

काठमाडौ । प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम...

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८२ जेठ ११ आइतवार

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त...

लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२ जेठ १० शनिवार

काठमाडौ । लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक एवं शान्ति सुरक्षा...

लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८२ वैशाख २८ आइतवार

काठमाडौ । लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर...

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८२ वैशाख १८ बिहीवार

काठमाडौ । लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर...