गाउँले पनि शंकाको घेरामा : निर्मला हत्याका ११२ दिन
वि.सं.२०७५ कात्तिक २९ बिहीवार ०८:४५
shares

काठमाडौँ । निर्मला पन्तको बलात्कारपछि हत्या भएको ११२ दिन सम्म पनि हत्यारा पत्ता लगाउन नसकेको प्रहरीले गाउँले माथि नै अनुसन्धान सुरु गरेको छ । न्याय माग्दै निर्मलाका बुबा यज्ञराज जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसिरहेका वेला प्रहरीले केही गाउँलेलाई नै शंकाको घेरामा राखेर अनुसन्धान थालेको हो । ‘उल्टाखाम क्षेत्रका केही व्यक्ति शंकाको घेरामा छन् ।
प्रहरीले गाउँलेसँगै अन्य क्षेत्रमा पनि अनुसन्धान जारी रहेको जनाएको छ । शंकास्पद व्यक्तिका टेलिफोन, फेसबुक लगायतमा पनि निगरानी बढाएको छ । त्यसका आधारमा दुई सय भन्दा बढी व्यक्तिसँग बयान समेत लिएको छ । ‘केहीको मौखिक र केहीको लिखित बयान लिएका छौँ,’ एसपी कडायतले भने । प्रहरी शंकास्पद थप तीन जनाको डिएनए परीक्षणका लागि पनि तयारी अवस्थामा छन् । त्यसपछि अर्को चरणमा सन्दिग्ध घेरामा राखिएका गाउँका केही व्यक्तिको डिएनए परीक्षण गर्ने योजना बनाएको छ ।
दीलिपका परिवारद्वारा क्षतिपूर्ति माग
निर्मलाको हत्या आरोपमा प्रहरीले नियन्त्रणमा लिएर यातना दिएका दीलिप विष्टका परिवारले क्षतिपूर्तिको माग गरेका छन् । प्रहरीले दीलिपलाई मुख्य अभियुक्त भन्दै पत्रकार सम्मेलन गरेर ४ भदौमा सार्वजनिक गरेको थियो । तर मानसिक सन्तुलन गुमाएका उनलाई नक्कली अभियुक्त बनाएको भन्दै आन्दोलन भएको थियो । डिएनए परीक्षण गर्दा नमिलेपछि दीलिप रिहा भएका थिए ।



















