ट्याक्टर दुर्घटनामा दुई युवकको मृत्यु

5.97K
shares

दमक । दमक–रवि सडक अन्तर्गत इलामको माङ्सेवुङ ३ स्थित भञ्ज्याङ खण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाँचथर इलाम, माङ्सेवुङ गाउँपालिका ३ का २८ वर्षीय नवीन कुरुम्बाङ र सहचालक धनकुटा जिल्ला चौबिसे गाउँपालिका ८ घर भएका २२ वर्षीय गोकुल लिम्बूको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दुवैको दमकस्थित लाइफलाइन अस्पतालमा शुक्रबार बिहान उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले जानकारी दिए ।

पाँचथरको रविबाट दमकतर्फ आउँदै गरेको अदुवा बोकेको मे १त ८०२५ नम्वरको ट्याक्टर दुर्घटना भएको थियो । बिहिबार राती १२ बजेतिर भएको दुर्घटनाबाट मालवाहक ट्याक्टर सडकदेखि १५० फिट तल खसेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083