‘चन्दननाथ नगरपालिकामा अज्ञात समूहद्धारा गाडीमा आगजनी

Nepal Life Insurance Long Ad

सिंजा । चन्दननाथ नगरपालिकाको गाडी अज्ञात समूहले जलाएका छन् । चन्दननाथ नगरपालिकाको प्राङ्गणमा राखिएको क१झ १ नंको गाडी राति १ बजे जलाएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ । राति करीब १ बजे नगरपालिकाका पाले बिष्णुप्रसाद न्यौपानेले गाडी आगलागी भएको थाहा पाएको र सबैलाई जानकारी गराएको बताए ।

घटनापछि टोलमा आफू कराएपछि सबै जम्मा भएर आगो निभाउने प्रयास गर्यौँ, पछि प्रहरी र सेना आएर आगो निभाएको उनले बताए । गाडीको माथिल्लो भाग पुरै जलेको छ । जलेको गाडी रु ४० लाख बराबरको भएको निमित्त प्रशासकीय अधिकृत ज्ञानेन्द्र बुढ्थापाले जनाए । नगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृत रारा भ्रमणमा गएको नगरपालिकाले जनाएको छ ।

यता जिल्लाको गुठीचौर गाउँपालिकाको कार्यालयमा तोडफोड गरी कम्प्युटरसहित इलेक्ट्रोनिक सामग्रीहरु नष्ट गरिएका छन् । डिजिटल गाउँपालिकाको रुपमा लाखौंका सामग्री नष्ट भएको प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार गाउँपालिका आगजनी गर्ने प्रयास गरिएको तर सफल नभएको जस्तो छ । केही महत्वपूर्ण कागजातहरु समेत जलाएका छन् उनले बताए ।

यसैगरी गाउँपालिकामा जडान गरिएको सिसी क्यामेरा चुडेर फालिएको छ । घटनास्थलको वास्तविक अवस्था बुझ्न आफू गुठचौर पुगेको प्रहरी नायब उपरीक्षक सीताराम रिजालले जानकारी दिए । यता घटनाको विवरणसहित अनुसन्धान शुरु भएको निमित्त प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले जानकारी दिए । रासस


प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” शुरु

प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” शुरु

२०८२ जेठ २२ बिहीवार

पर्सा ।  जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी...

प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न

प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न

२०८२ जेठ ११ आइतवार

काठमाडौ । प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम...

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८२ जेठ ११ आइतवार

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त...

लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२ जेठ १० शनिवार

काठमाडौ । लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक एवं शान्ति सुरक्षा...

लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८२ वैशाख २८ आइतवार

काठमाडौ । लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर...

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८२ वैशाख १८ बिहीवार

काठमाडौ । लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर...