राजधानीबाट हराएका १९ वटा मोटरसाइकल सम्बन्धित धनीलाई बुझाइयो

5.69K
shares

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट विभिन्न समयमा हराएका १९ थान मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको छ । महाशाखाले उपत्यकाको कालिमाटी, सातदोबाटो, साँखु, कपन गौशाला, कालिमाटी, महाराजगञ्ज, भैँसेपाटी, थापाथली, सानेपा लगायत स्थानबाट हराएका मोटरसाइकल फेला पारेर आइतबार सम्बन्धित धनीलाई जिम्मा लगाएको हो ।

महाशाखाले सुमन श्रेष्ठ, सन्तोष उपाध्याय, मोहम्मद गुडजु, भरतबहादुर थापा, अर्जुन महर्जन, नरबहादुर पुन, सुमन विष्ट, मानवजंग शाह, विवेक श्रेष्ठ, महेश्वर धामी, लिङ्गन कार्की, पुरुषोत्तम सिलवाल, मेनुका कार्की, शङ्कर चौलागाईं, अशेस लुईंटेल, शङ्करध्वज जोशी र त्रिरत्न शाहीको मोटरसाइकल तथा स्कुटर फेला पारेर जिम्मा लगाएको हो ।

महाशाखाले मोटरसाइकल चोरी गर्ने पाँच जनालाई समेत पक्राउ गरेको छ । पक्राउपर्नेमा काभ्रेपलाञ्चोकका धीरज तामाङ, रमेश खरेल, पूर्ण लामा, धादिङका धीरज घले र नुवाकोटका मुकेश तामाङ रहेका छन् । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले मोटरसाइकल हराएका निवेदनका आधारमा खोजेर सम्बन्धित धनीलाई जिम्मा लगाएको जानकारी दिनुभयो ।

“उपत्यकामा दैनिक दर्जनौँ दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधन हराउने गरेका छन्, चालकको लापरवाहीका कारण धेरै सवारी साधन हराउने गरेका हुन्”, उहाँले भन्नुभयो । काठमाडौँमा हराएका अधिकांश मोटरसाइकल काठमाडौँ बाहिर रहेर चलाउने गरेको महाशाखाले जनाएको छ । फेला पारिएको मोटरसाइकलमा वि.सं. २०६८ साउन ११ गते हराएका देखि केही दिन अगाडि हराएका सम्म रहेका छन् । रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083