सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख घुससहित पक्राउ

२०७५ मंसिर ४ मंगलवार
1.3K
shares
काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख कोषहरी निरौला सेवाग्राहीसँग घुस रकम लिँदै गर्दा पक्राउ परेका छन् ।
मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले निरौलालाई ८० हजार घुससहित नियन्त्रणमा लिएको अख्तियार प्रवक्ता तथा सहसचिव रामेश्वर दंगालले जानकारी दिए ।
जिल्ला न्यायाधिवक्ता निरौलाले ठगीको मुद्दा मिलाइदिन्छु भन्दै सेवाग्राहीसँग घुस रकम लिएको बताइएको छ । कार्यालय खुल्नासाथ घुससहित रंगेहात पक्राउ परेका निरौला लाई हिरासतमा राखेर थप अनुसन्धान गरिने प्रवक्ता दंगालले बताए ।

२०७५ मंसिर ४ मंगलवार