घरमा आगलागी हुँदा ११ लाख क्षति
वि.सं.२०७५ मंसिर ५ बुधवार १४:४८
6.03K
shares
shares

नुवाकोट । लिखु गाउँपालिका–४ नचनिडाँडामा बुधबार बिहान आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । बुधबार बिहान २ बजे स्थानीयवासी राजु शाहको दुईतले घरमा आगलागी हुँदा रु ११ लाख ६५ हजारको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गलागीबाट धान, मकैलगायत अन्नपात, भाडाकुँडा, लत्ताकपडा, फर्निचर जलेर नष्ट भएको छ । आगलागीको कारण नखुलेको प्रहरीले जनाएको छ । रासस
















