भक्तपुरमा सुनसहित १६ लाखको धनमाल भएको उपमेयरको सेफ चोरी

8.74K
shares

काठमाडौं । भक्तपुर नगरपालिकाकी उपमेयर रजनी जोशीको सूर्यबिनायक नगरपालिका सिपाडोलमा रहेको घरमा मंगलबार दिउसो चोरी भएको छ।

उनको घरमा बिहान १० देखि बेलुका ५ बजेका बिचमा चोरी भएको हो। प्रहरीका अनुसार उनको दुईतले घरको भुईतलामा रहेको सेफ नै चोरी भएको छ। चोरले सेफमा रहेको नगद सहित सुन र चाँदीका गहना लगायतका सामाग्री चोरी लगेको हो।

प्रहरीका अनुसार उपमेयर जोशीले मंगलबार साँझ सातबजे खबर गरेकी थिइन। घटनास्थलमा घरको पछाडीको ढोका फोडेर चोर प्रवेश गरेको देखिएको छ।

उपमेयर जोशीले दाबी गरे अनुसार सुनका चुरा ६ थान, सुनको नेकलेस २ थान, सुनकै माला र हिराका गहना चोरी भएको हो। चोरले उपमेयर जोशीको घरबाट सुन मिसिएको चम्चा र १ लाख ५० हजार नगद समेत चोरी गरेको छ। प्रहरीका अनुसार उपमेयर जोशीको घरबाट १५ लाख ९८ हजार ७५० रूपैयाँ बराबरको धनमान चोरी भएको जाहेरी परेको छ।

भक्तपुर प्रहरी र अपराध महाशाखाको टोलीले घटनास्थलको मुचुल्का उठाएर थप अनुसन्धान गरिरहेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083