रुपन्देहीमा आफूले भनेजस्तो नभएपछि एक वडाध्यक्षले दिए राजीनामा

4.16K
shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ७ का वडाअध्यक्ष दुर्गाप्रसाद पाण्डेले राजीनामा दिएका छन् । वडाअध्यक्ष पाण्डेले इमेलमार्फत पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

बुधबार बसेको नगर कार्यपालिकाको बैठकमा गौतमबुद्ध सामुदायिक मुटु अस्पताललाई जग्गा दिने बिषयमा निर्णय गर्दा अस्पतालले माग गरे अनुसार १० बिघा भन्दा आधा कम ५ बिघा जग्गा दिनुपर्ने प्रस्ताव पाण्डेले बैठकमा राखेका थिए ।

उनको कुरा बैठकमा सुनुवाइ नभएपछि पाण्डेले निणर्यप्रति असहमति जनाउदै राजीनामा दिएका हुन् । आफुूलाई सहयोग गर्ने नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत सहित नगरपालिकाका सबै कार्यपालिका सदस्य र कर्मचारीहरुलाई धन्यवाद दिएका छन् । उनले आफ्नो परिवारसहित मुम्बई भ्रमणमा जान लागेकोसमेत इमेलमा लेखेका छन् ।


Mitsubishi Long Ad