शव उठाउन सहमत भए हुसेनका आफन्त

5.04K
shares

विराटनगर । दुहबी नगरपालिका-९ का मोहम्मद फिदा हुसेनको शव उठाउन परिवार सहमत भएका छन् । बुधबार विहान रनिगाउँ नजिकै नहरको डिलमा ५४ वर्षीय हुसेनको गोली हानी हत्या भएको थियो ।

स्थानीय प्रशासनसँगको छलफल पछि आफन्त र स्थानीयले हुसेनको शव उठाउन सहमत भएका हुन् । गृहमन्त्रीको राजीनामा बाहेक अन्य मागहरू सम्बोधन गर्न स्थानीय प्रशासन तयार भएपछि आफन्तहरु शव उठाउन तयार भएको दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदारले जानकारी दिए । सहमतिपत्रमा मागहरू लेखेर केन्द्रमा पठाउने उल्लेख गरिएको छ।

आफन्तहरुले बिहीबार विहानैदेखि हत्यामा संलग्नलार्इ कानूनी दायरामा ल्याउनु पर्ने, मृतकलार्इ शहीद घोषणा गर्नुपर्ने, राज्यले दिने राहत रकम तत्काल दिनुपर्ने, हुसेन कार्यरत विद्युत प्राधिकरणमा छोरालाई तुरन्त जागिरको व्यवस्था गर्नुपर्ने र गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका थिए । हुसेनको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले केही व्यक्तिलार्इ नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083