डडेल्धुरामा फेरी बसको ठक्करले एक पैदलयात्रीको मृत्यु
वि.सं.२०७५ मंसिर ७ शुक्रवार १४:२०
5.3K
shares
shares

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका ७ पोखरा बजारमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसले ठक्कर दिदा स्थानीय दलबहादुर भण्डारीको मृत्यु भएको पोखरा प्रहरी चौकीले जानकारी दिएको छ ।
बिहीबार साँझ ७ बजेको समयमा दार्चुलाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको महाकाली यातायातको ना ४ ख ६३८५ नम्बरको बसले पैदलयात्री अन्दाजी ४० बर्षकी भण्डारीलाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट घाइते उनलाई उपचारका लागि उपक्षेत्रीय अस्पताल पु-याएपछि ज्यान गएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस प्रहरी नियन्त्रणमा लिएको छ ।
































