दिनदहाडै राजधानीको तीनकुनेमा दुई युवामाथि छुरा प्रहार

5.16K
shares

काठमाडौं । काठमाडौंको तीनकुनेमा दिनदहाडै दुई युवामाथि छुरा प्रहार भएको छ।

तीनकुनेको गैह्रीगाउँमा शनिबार दिउँसो अज्ञात समूहले उनीहरूमाथि छुरा प्रहार गरेको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ। दुवै जनाको अहिले बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको नयाँ बानेश्वरका डिएसपी गोविन्दराज काफ्लेले जानकारी दिए।

यद्यपी घटना कसले, किन र के कारणले गर्‍यो, त्यसबारे एकिनका साथ भन्न सक्ने अवस्था नरहेको प्रहरीले बताएको छ। ‘घाइतेहरूको सिभिल अस्पताल उपचार भइरहेको छ’, डिएसपी काफ्लेले भने,‘हामीले घटनाबारे अनुसन्धान गरिरहेकका छौं।’


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083