मोटरसाइकल दुर्घटना हुँदा एकको मुत्यु, तीन घाइते

4.38K
shares

लमही। दाङमा गए राति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। राप्ती गाउँपालिका–५ पहरुवा नजीकै गए राति ९ बजेतिर रा२प ७५३७ नंको मोटरसाइकल र रा२प ८४२५ नंको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

मृत्यु हुनेमा रा२प ७५३७ मा सवार राप्ती–५ कालापानीका ३५ वर्षीय देवलाल चौधरीको कोहलपुर मेडिकलमा उपचारको क्रममा आइतबार बिहान ४ बजेतिर मृत्यु भएको हो। अन्य घाइतेको सोही मेडिकलमा उपचार भइरहेको दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए। मोटरसाइकलमा दुई\दुई जना सवार थिए। रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083