ललितपुरमा दुर्घटना, ट्राफिक प्रहरीको मृत्यु
वि.सं.२०७५ मंसिर १७ सोमवार १२:३४
7.64K
shares
shares

काठमाडौं । ललितपुरमा भएको सवारी दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु भएको छ । ललितपुरको एकान्तकुनामा गएराती भएको सवारी दुर्घटनामा महानगरीय ट्राफिक प्रहरी वृत कालीमाटीमा कार्यरत प्रहरी जवान सुमन प्रसाद कँडेलको मृत्यु भएको हो ।
कँडेलले चलाएको बा ९४ प ६१९७ नम्बरको स्कुटर गएराती साढे ९ बजे दुर्घटना भएको हो । सडकमा लडिरहेको अवस्थामा भेटिएका कँडेललाई बा १६ च ६८०२ नम्बरको कारका चालकले अल्का अस्पताल जावलाखेल पुरयाएका थिए । उनको उपचारको क्रममा गएराती १० बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।













