तिलगंगामा कपडा व्यवसायीमाथि खुकुरी प्रहार, भारतीय नागरिक पक्राउ

5.41K
shares

काठमाडौं । काठमाडौं–९, तिलगंगामा कपडा व्यवसायीमाथि खुकुरी प्रहार भएको छ । सर्लाहीको हरिवन घर भइ गौशाला बस्दै आएकी ३० वर्षीया कपडा व्यवसायी प्रमिला वाग्लेमाथि खुकुरी प्रहार भएको हो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले भारतको बिहार घर भइ हाल तिलगंगा बस्दै आएका १८ वर्षीय आनन्द कुमारलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त, गौशालाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल मल्लले उनलाई पक्राउ गरिएको पुष्टि गरे । सोमबार दिउँसो वाग्लेमाथि खुकुरी प्रहार भएलगत्तै उनलाई ओम अस्पताल लगिएको थियो । त्यहाँ उनको उपचार जारी छ । ‘अहिले उहाँ खतरामुक्त हुनुहुन्छ’, डीएसपी मल्लले भने, ‘थप अनुसन्धान गरिरहेका छौं । प्रहरीले अहिलेसम्म वाग्लेमाथि किन खुकुरी प्रहार भयो भन्ने पत्ता लगाउन सकेको छैन ।

पक्राउ परेका भारतीय नागरिकले पनि पटकपटक बयान फेरिरहेका छन् । वृत्तका एक अधिकारीले भने, ‘उसले कहिले कसैले खुकुरी हान पैसा दिन्छु भनेको बताउँछ भने कहिले आफैं ठोक्किएको भन्छ । विस्तृत बुझ्ने काम भइरहेको छ । अहिले वृत्तमा पीडित र पीडक पक्षबीच छलफल समेत भइरहेको स्रोतले बतायो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083