नेपाली भूमिमा सडक बनाउँदा पनि भारतीय एसएसबीको दादागिरी

4.77K
shares

कञ्चनपुर । पश्चिम नेपाल कञ्चनपुरको (नेपाल–भारत) सीमावर्ती नेपाली गाउँमा सडक बनाउँदा भारतीय पक्षबाट अबरोध भएको छ । भीमदत्त नगरपालिका १० गड्डाचौकीदेखि जिमुवा–ब्रम्हदेब जोड्ने नेपाली भूमिमा सडक बनाउँदा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अबरोध गरेको हो । मंगलबार सडक निर्मणका लागि भीमदत्त नगरपालिकाको जेसिभी त्यहाँ पुग्दा भारतीय एसएसबीले दशजगा भन्दै फर्कादिएको स्थानीयले बताएका छन् ।

स्थानीय पशुपती चन्दले गड्डाचौकी गाउँभएर जिमुवा हुदै ब्रम्हदेब जोड्ने सीमावर्तीबस्तीको सीमा सडक निर्मणमा भारतीय पक्षबाट अवरोध भएको बताईन् । एसएसबीले दशगजा भन्दा ५० मिटर दुरीमा मात्रै सडक निर्माण गर्नुपर्छ भन्दै रोकेको उनले बताईन् । ‘स्थानीय जनतालाई आवत जावतमा अप्ठेरो भएको भन्दै हामीले नगरपालिकासंग भनेर सडक खोल्न लगाएका थियौँ, ‘उनले भनिन, । ‘आफ्नै जमिनमा पनि सडक बनाउँदा भारतीय पक्षले अवरोध गरिदियो ।

भारतीयले अवरोध गरेपछि स्थानीयको सपना चकनाचुर भएको उनको बुझाई छ । स्थानीय जनप्रतिनिधी प्रेम बहादुर चन्दले दशगजा पर्ने नपर्ने विषयमा यस अघि नगरपालिबाट अमिन ल्याएर नापनक्साङ्गकन पर्ने बताए । उनका अनूसार गड्डाचौकीदेखि ब्रम्हदेबसम्म सडक विस्तारका क्रममा झण्डै ८० परिवारको जमिन भएर जाँदै छ । भीमदत्त नगरका सूचना अधिकारी हरिसिह धामीले नगरपालिकाले सीमावर्ती जनताको माग अनुसार सडक स्तरोन्नती गरिरहेको बताउदै उनले भारतीय पक्षबाट रोक लगाईएको बताए ।