उपराष्ट्रपति कार्यालयका डिएसपीसहित दुई जना गाडी दुर्घटनामा परी घाइते
वि.सं.२०७५ मंसिर २५ मंगलवार १२:२४
shares

काठमाडौं । उपराष्ट्रपति कार्यालयका डिएसपी आज (मंगलबार) गाडीको ठक्करबाट घाइते भएका छन् ।
आज विहान बिहान गाडीले ठक्कर दिँदा डिएसपीसहित दुई जना घाइते भएका हुन् । काठमाडौं महानगरपालिका–१५ नख्खु दोबाटोमा बा ९ च ९११२ नम्बरको निजी गाडीले ठक्कर दिँदा उपराष्ट्रपति कार्यालयमा कार्यरत राष्ट्रिय अनुसन्धान विभागका प्रहरी नायब उपरीक्षक (डिएसपी) ५१ वर्षीय मुकुन्द खड्का र भोजपुर घर भई काठमाडौं बस्ने २७ वर्षीय महिन्द्रकुमार राई घाइते भएका हुन् ।
डिएसपी खड्काको मुखमा चोट लागेको छ । उनी बोल्न सक्ने अवस्थामा छन् तर अर्का घाइते राई बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । उपचारका लागि दुवै घाइतेलाई अल्का अस्पतालमा भर्ना गरिएको छ । सडकमा हिंडिरहेका बेला उनीहरूलाई गाडीले ठक्कर दिएको थियो । ठक्कर दिने गाडीसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
































