३३ किलो सुनसहित भारतमा पक्राउ परेका २ जनालाई नेपाल ल्याईदैं

4.84K
shares

काठमाडौं । ३३ किला सुनसहित भारतमा पक्राउ परेका २ जनालाई नेपाल ल्याउने तयारी भईरहेको छ । कोलकातामा ३३ किलो सुनसहित पक्राउ परेका दुईजनालाई नेपालमा ल्याएर थप अनुसन्धान गर्नेबारे सरकारले गृहकार्य सुरु गरेको हो ।

मंसिर २१ गते कोलकातामा ३३ किलो सुनसहित हेम प्रसाद शर्मा र राकेश प्रसाद शर्मा पक्राउ परेका थिए । उनीहरु नेपालमा सुनतस्करीमा कुख्याती कमाएका चुडामणी उप्रेती ‘गोरे’ समूहकै भएको गृह मन्त्रालयले निक्र्योल निकालेको छ ।

उनीहरुलाई नेपाल ल्याएर थप अनुसन्धान अघि बढाउने गृहकार्य थालेको हो । गृह मन्त्रालयले पक्राउ परेका दुवैजनालाई कोलकातामा महावाणिज्य दूतावासमार्फत नेपाललाई बुझाइदिन आग्रह गर्ने तयारी गरेको हो ।

भारतमा सुन तस्करलाई कडा कारबाहीको प्रावधान नरहेको तर नेपालमा उनीहरु सनम शाक्य, सानु बन र अर्का एकजना गरी तीनजनाको हत्या र मृत्युसहित व्यक्ति अपहरण र यातनामा पनि मुद्दा चलाउन सकिने भएकाले उनीहरुलाई नेपाल ल्याएर थप मुद्दा चलाउने गृह मन्त्रालयले तयारी गरेको हो ।