१८ दिनदेखि बेपत्ता लक्षिराम मृत फेला

4.69K
shares

बैतडी। १८ दिनदेखि बेपत्ता बैतडीको दशरथचन्द नगरपालिका–३ हल्लेकका ४५ वर्षीय लक्षिराम लावड आइतबार मृत फेला परेका छन्। गत मङ्सिर १२ गते घरबाटै बेपत्ता भएका लावड घर नजिकैको इरानखोला भन्ने ठाउँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए।

लावडको शवलाई स्थानीय बासिन्दाले देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव कुहिएको अवस्थामा रहेकाले केही दिन अगाडि नै मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ। मानसिक सन्तुलन ठिक नरहेका लावड बेपत्ता भएपछि आफन्तले खोजी गरिदिन प्रहरीमा निवेदनसमेत दिएका थिए।

लावडको शव पुरै कुहिएको अवस्थामा रहेकोले परीक्षण नगरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083