थिमि र सूर्यविनायक जोड्ने हनुमन्ते खोलामा बन्ने पुलको शिलान्यास कार्य सम्पन्न

7.35K
shares

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–४ थिमि र सूर्यविनायक नगरपालिका–४ दधिकोट जोड्ने हनुमन्ते खोलामा नयाँ पुल निर्माण हुने भएको छ । निर्माणाधीन नयाँ पुलको आज प्रतिनिधिसभा सांसद महेश बस्नेतले शिलान्यास गरे ।

मध्यपुरथिमी नगरपालिका र सूर्यविनायक नगरपालिकाले आयोजना गरेको शिलान्यास कार्यक्रममा उनले भक्तपुरमा एकैसाथ एक दर्जन पुलको निर्माण कार्य अगाडि बढिरहेको बताउँदै गाउँगाउँमा पक्की सडक र सबै खोला तथा नदीमा पुल निर्माण कार्य भइरहेको बताए । भक्तपुरको जनताले अबको चार वर्षमा चौतर्फी विकास देख्ने बताउँदै उनले विकासको विरोध गर्ने आफैं सकिँदै जाने टिप्पणी गरे । भक्तपुरको विकास अब कुनै हालतमा नरोकिने भन्दै विकासमा आएका समस्यालाई समाधान गर्दै लैजाने उनको भनाइ थियो ।

कार्यक्रममा प्रदेश नं ३ का सांसद शशिजङ्ग थापा, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, मध्यपुरथिमि नगरपालिका–४ का वडा अध्यक्ष कुमार श्रेष्ठ, कार्यक्रममा सभापति एवं सूर्यविनायक नगरपालिका–४ का वडा अध्यक्ष उत्तम थापालगायतले तीन तहको सरकारले विकासका लागि बजेट विनियोजन गरेकाले विकास तीव्रगतिमा अगाडि बढेको बताए ।

आगामी असोजसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ डिभिजन सडक कार्यालय भक्तपुरको रु छ करोड १० लाखको लागतमा निर्माण शुरु भएको हो ।

पुलको निरीक्षण

जनप्रतिनिधिले आज मध्यपुरथिमि नगरपालिकाको–४ र सूर्यविनायक नगरपालिकाका–३ बालकोट नयाँबस्ती जोड्न हनुमन्ते खोला निर्माण भइरहेको पुलको अनुगमन एवं अवलोकन गरेका छन् ।

प्रतिनिधिसभा सांसद महेश बस्नेत, प्रदेश नं ३ का सांसद शशिजङ्ग थापा, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, एमाले अध्यक्ष वचन देउजा, प्रमुख जिल्ला अधिकारी नारायण भट्टलगायतले पुलको अवलोकन गरेका हुन् । डोलिडारको रु दुई करोड एक लाखको लागतमा निर्माण भइरहेको पुलको आज ढलान कार्य भइरहेको र ढलानको मजबुद, निर्माण कार्यको अवस्था लगायतका बारेमा उनले चासो व्यक्त गरेका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083