दार्चुलामा फेन्सी पसलमा आगलागी हुँदा लाखौंको क्षति

4.68K
shares

दार्चुला । जिल्ला सदरमुकाम खलंगाको घाँटबजारमा रहेको एक फेन्सी पसलमा आगलागी भएको छ । महाकाली नगरपालिका-४ घाँटबजारमा रहेको पदम बडालको फेन्सी पसलमा सोमबार राति करिब सवा नौ बजे आगलागी भएको हो ।

आगलागीबाट लाखौँ मूल्यको सामान जलेर नष्ट भएको पीडितले बताएका छन् । आगलागी भएको पसल नेपाल-भारत जोड्ने पुलको नजिकै रहेको छोटी भन्सार कार्यालय र पुलघाँट प्रहरी पोष्ट नजिक पर्छ । नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोली स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ ।

आगलागीको एकीन कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ। पसलभित्रको विजुलीको तार सट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । पसलको माथिल्लो तलामा रहेका सामान भने बचाउन सकिएको छ ।

आगो निभाउनका लागि आसुरक्षाकर्मी र स्थानीयले महाकाली नदीबाट पानी बोकेर ल्याएका थिए। झण्डै डेढ घण्टाको प्रयासपछि आगलागी नियन्त्रणमा आएको बताइएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083