सिरहामा ट्याक्टर दुर्घटना हुदाँ युवाको मृत्यु

6.59K
shares

सिरहा । सिरहाको औरही गाउँपालिका–३ कडहर्वामा बुधबार बिहान ट्याक्टर दुर्घटनामा एक युवकको मृत्यु भएको छ।

खेतमा हलो जोत्ने क्रममा स १ त ५७५२ नम्बरको ट्याक्टरबाट लडेर स्थानीय २६ वर्षीय दिनेश यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिए।

मृतक यादवको शव परीक्षणको लागि जिल्ला अस्पताल सिरहामा राखिएको प्रहरीले जनाएको छ। ट्याक्टरको चालक फरार रहेकाले खोजी भइरहेको छ। रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083