सेवाग्राहीबाट ३४ हजार घुस सहित अधिकृत पक्राउ

4.41K
shares

काठमाडौं । म्याग्दी जिल्लाका युवाको अगुवाइमा सञ्चालन भएको भ्रष्टाचार नियन्त्रण अभियान प्रभावकारी बनेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका नेता प्रकाश पौडेलको अगुवाइमा सञ्चालन गरिएको सो अभियानअन्तर्गत बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले डिभिजन वन कार्यालयका एक कर्मचारीलाई घुससहित पक्राउ गरेको हो।

बेनी नगरपालिका–७ स्थित सवडिभिजन वन कार्यालयमा रहेको आवासगृहको कोठामा काठसम्बन्धी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीबाट रकम लिँदै गर्दा अख्तियारको टोलीले उक्त कार्यालयका सहायक वन अधिकृत राजकुमार ठाकुरलाई सेवाग्राहीबाट ३४ हजार घुस लिँदै गर्दा रङ्गेहात पक्राउ गरेको थियो ।

आयोगको पोखरा कार्यालयका अनुसार काठ मुद्दा मिलाइदिने भन्दै एक सेवाग्राहीबाट अधिकृत ठाकुरले पैसा मागेपछि ती उनले विद्यार्थी नेता पौडेललाई सूचना दिएका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083