काठमाडौँमा किशोरहरुको चोरी गर्ने ग्याङ : चार जना पक्राउ

4.39K
shares

काठमाडौँ । काठमाडौँको पानीपोखरीबाट प्रहरीले चोरीमा संलग्न चार जनालाई पक्राउ गरेको छ । महानगरिय प्रहरी वृत महाराजगंजबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई चोरीको सामानसहित राति ८ः३० बजे पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरु काभ्रे घर भई नयाँबजार बस्ने वर्ष १६ का प्रज्वल तामाङ, रामेछाप घर भई ढल्कु बस्ने वर्ष १५ को अनिल तामाङ, मकवानपुर घर भई स्वयम्भु बस्ने वर्ष १५ का राजिव देउलालाई प्रहरी टोलीले शंका लागि सोधपुछ गर्ने क्रममा उनीहरुको साथमा रहेको झोलाबाट घरको ढोका फोर्न प्रयोग गरिने औजार भेटिएको कार्यालयका प्रमुख (डिएसपी) फडिन्द्र प्रसाईंले जानकारी दिए ।

त्यस्तै सोधपुछको क्रममा उनीहरुको साथबाट मासु काट्ने हतियार, ल्यापटप, मोबाइल बरामद गरिएको उनले बताए । पक्राउ परेका उनीहरुलाई थप सोधपुछ गर्ने क्रममा दोलखा घर भई पकनाजोल बस्ने वर्ष १६ को निमा तामाङ समेत पक्राउ परेका छन् । उनीहरुले विभिन्न क्षेत्रको घर फोरी चोरी गर्ने गरेको पाइएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

ढल्कुस्थित नारयण तण्डुकरको ३ तले घरको दोस्रो तलामा अनिल तामाङले लुकाई राखेको चोरीका सामान तथा नगद जिन्सी समेत फेला परेको छ । पक्राउ परेका उनीहरुको साथबाट नगद ६६ हजार पाँच सय ७५ रुपैयाँ, ल्यापटप ३ थान, मोबाइल ९ थानसँगै एउटा आइफोन, ढलोटको मूर्ति १ थान, सुनको जस्तो देखिने औठी १ थान, सुनको जस्तो देखिने तिलहरी, १ थान, चाँदीको पाउजु २ थन, घर फोर्ने औजार पेचकस ५ थानलगायत सामानहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाही गरिने प्रहरीले बताएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083