बुढानिलकण्ठबाट एक किलो नक्कली सुनसहित एक पक्राउ
वि.सं.२०७५ पुस २२ आइतवार १७:०९
5.01K
shares
shares

काठमाडौं । नक्कली एक किलो सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले शनिबार राती बुढानिलकण्ठबाट सोलुखम्बु घर भएका ३५ वर्षीय तासी शेर्पालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेका शेर्पाबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नाउव उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।































