न्युरोडबाट ३५ लाख नगदसहित दुई हुन्डी कारोबारी पक्राउ

7.57K
shares

काठमाडौँ । प्रहरीले ३५ लाख नगदसहित काठमाडौँको न्युरोडबाट दुई हुन्डी कारोबारीलाई पक्राउ गरेको छ।

प्रहरीले विशेष सूचनाका आधारमा आइतबार काठमाडौँको न्युरोडको भूगोलपार्क अगाडिबाट उक्त रकमसहित दुइृ जनालाई पक्राउ परेको हो। पक्राउ पर्नेमा ललितयुर महानगरपालिका २ का ३८ वर्षीय सुनिल श्रेष्ठ र सोलुखुम्बु नेचासल्यान गाउँपालिका ७ का ५५ वर्षीय भरतबहादुर बस्नेत रहेका छन्।

प्रहरीले विशेष सूचनाका आधारमा शंकाको घेरामा राखेका भरतबहादुर थापाको बा ७ च २५६९ नं कारमा रहेको अवस्थामा चेकजाँच गर्दा उनले बोकेको निलो झोलामा ३५ लाख भेटिएको र त्यसको स्रोत खोज्दा खुलाउन नसकेका कारण उनलाई नियन्त्रणमा लिएको थियो। पछि उनले त्यो रकम बिशालबजारमा रहेको कन्टिनेन्टल मनि एक्स्चेन्जका संचालक सुनिल श्रेष्ठले दिएको बताएपछि प्रहरीले श्रेष्ठलाई पनि पक्राउ गरेको हो।

निजहरुपक्राउ परेका दुबैजनाविरुद्ध राजश्व छलीको मुद्दामा कारबाही हुने प्रहरीले जनाएको छ। उनीहरुलाई राजश्व अनुसन्धान बिभागमा पठाउने तयारी भइरहेको प्रहरीले वजनाएको छ।


divya collage
unigloble collage