सुर्खेतमा चितुवाको छालासहित एक जना पक्राउ

8.14K
shares

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा चितुवा र ध्वाँसे चितुवाको छालासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले चितुवा तथा ध्वाँसे चितुवाको छालासहित युवकलाई पक्राउ गरेको हो। ५ नम्बर प्रदेशको अपराध अनुसन्धान समूहको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, सुर्खेत र अपराध अनुसन्धान समूहको संयुक्त टोलीले कर्णाली राजमार्ग अन्तर्गत वीरेन्द्रनगर नगरपालिका–३ ऐरी चोकस्थित सडकमा हिँडिरहेको अवस्थामा एक युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता दीपेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए।

पक्राउ पर्नेमा रास्कोट नगरपालिका–४ कालीकोटका २९ वर्षीय टङ्कप्रसाद उपाध्याय छन्। विशेष सूचनाका आधारमा युवकले बोकेको झोला जाँच गर्दा झोलामा चितुवाको छाला र ध्वाँसे चितुवाको छाला दुई थान भेटिएको प्रहरीले बताएको छ। रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083