क्यानडामा घर छ भन्दै २ करोड ५० लाख ठगी गर्ने एक महिला पक्राउ
वि.सं.२०७५ माघ ८ मंगलवार १७:०३
4.88K
shares
shares

कास्की । आफ्नो क्यानडामा घर भएको र आफूलाई समस्या परेको भन्दै विभिन्न व्यक्तिबाट २ करोड ५० लाख ठगेको आरोपमा एकजना महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका–२६ अघौं डेरा गरी बस्ने वाग्लुङ वडीगार्ड गाउँपालिका–८ घर भएकी ४२ वर्षीया स्नेहा भन्ने सरिताकुमारी राना रहेकी छिन् ।
उनले विभिन्न व्यक्तिहरुलाई घर जग्गा खरिद गर्ने, जग्गासँग घर साटीदिने जस्ता विभिन्न प्रलोभन देखाइ ठग्ने गरेको पाइएको प्रहरीले जनाएको छ । विभिन्न व्यक्तिबाट रकम लिएर फरार सरिताकुमारीलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले काठमाडौं दरबारमार्गबाट पक्राउ गरेको हो । रानाले क्यानडामा घर नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।































