भोजपुरमा बालिका बलात्कार आरोपमा दुई पक्राउ
वि.सं.२०७५ माघ ८ मंगलवार १७:३३
4.15K
shares
shares

भोजपुर । बालिकालाई जबर्जस्तीकरणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भोजपुरको साल्पासिच्छो गाउँपालिकाका २५ वर्षीय सन्तोष राई र सङ्खुवासभाको चिचिला गाउँपालिकाका २२ वर्षीय अमित भनिने टीकाराम विक रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले विकलाई चिचिला गाउँपालिका-५ र राईलाई सङ्खुवासभाको सिलिचोङ गाउँपालिकाको बालाबाट प्रक्राउ गरिएको जनाएको छ । पक्राउ परेका विक कारागार चलान भएका छन् । राईमाथि भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।































