भद्रपुरमा एक सिमेन्ट उद्योगीको शंकास्पद मृत्यु

4.88K
shares

काठमाडौं । झापाको भद्रपुरमा एकजना उद्योगीको शंकास्पद मृत्यु भएको छ । भद्पुर-१० प्रगति चोकमा अवस्थित मन्सा सिमेन्ट उद्योगका व्यवस्थापक कमल सिंह दुगडको शंकास्पद मृत्यु भएको हो ।

उद्योगको क्वाटरमा उनको शब शंकास्पद अवस्थामा भेटिएको झापा प्रहरीले जनाएको छ । उनको हातखुट्टा बाँधेर घाँटी थिची मुखमा सिरानी कोचेर हत्या भएको प्रहरीको भनाइ छ । घटनास्थलमा घेराबन्दी गरेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083