कृषि क्षेत्रमा संचालित कार्यक्रमबाट बिचौलियाले बढी लाभ लिए : कृषिमन्त्री खनाल

5.01K
shares

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले कृषिक्षेत्रमा संचालित कार्यक्रमहरुबाट वास्तविक किसानले भन्दा विचौलियरुले लाभ लिइरहेको बताएका छन्। कृषि पत्रकार प्रतिष्ठान जोनाको नवनिर्वाचित पदाधिकारीलाई बुधबार बधाई तथा शुभकामना दिँदै मन्त्री खनालले परिश्रम र लगानीबिना नै कृषि क्षेत्रका विचौलियाले लाभ लिइरहेको बताएका हुन्। उनले कृषि मन्त्रालयका कार्यक्रमहरु पनि वास्तविक किसानको हितमा हुन नसकेको बताए।

मन्त्री खनालले ओझेलमा परेको क्षेत्रको रुपमा कृषि क्षेत्र देखिए पनि यसको विकास र प्रवद्धनबाट सरकार पछि हट्न नसक्ने बताए। कम महत्व र ओझेलमा परेको कृषि क्षेत्र र किसानको पक्षमा अभियान चलाउनु सानो विषय नभएको भन्दै उनले कृषि पत्रकारहरुलाई सफलताको शुभकामना दिए।

मन्त्री खनालले पछिल्लो समय संचारमाध्यमहरुले कृषिका विषयलाई प्राथमिकता दिने गरेकोमा खुसी व्यक्त गरे। गोविन्द शर्माको नेतृत्वमा निर्वाचित १३ सदस्यीय कार्य समिति को कार्यकाल २ वर्षको हुनेछ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083