दुर्घटनामा घाइते प्रदेश सांसद वलीको निधन

5.63K
shares

काठमाडौं ।प्रदेशसभाका सांसद उत्तर कुमार वलीको निधन भएको छ। बिहीबार राति १ बजे मेडिसिटी अस्पताल काठमाडौँमा उपचारका क्रममा वलीको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

माघ २४ गते सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका सांसद वली सवार कार र बसमा गत माघ २४ गते घोराही–३ चिसापानी नजिकै दुर्घटनामा परेको थियो। सांसद ओलीको दुर्घटना भएको १६ दिन सम्म होस खुलेको थिएन। संसद बैठक सकेर दाङ फर्कँदै गर्दा कार र बस ठोक्किएको थियो।

प्रदेश सांसद वलीको श्रद्धाञ्जलीका लागि उनको शव शुक्रबार बिहान ९ बजे देखि १० बजे सम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिने भएको छ। वली दाङ क्षेत्र नं। ३ खुल्लाबाट निर्वाचित प्रदेश सांसद हुन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083