मेलम्चीको बाँकी काम सम्पन्न गर्न नयाँ टेन्डर
वि.सं.२०७५ फागुन १० शुक्रवार ११:०९
4.07K
shares
shares

काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्न नयाँ ठेक्का गर्ने तयारी शुरु भएको छ। मेलम्ची खानेपानी विकास समितिले नयाँ ठेक्का लगाउन तयारी थालेको जनाएको छ।
समितिका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्र पन्तले नयाँ ठेक्का लगाउन लगत विवरण, कागजात लगायतका तयारी थालेको बताए। ‘बाँकी काम सम्पन्न गर्नका लागि नयाँ ठेक्काको तयारी भईरहेको छ। उहाँले भन्नुभयो–‘हप्तादिन भित्र ठेक्का लगाउने तयारी गरेका छौं।
मेलम्ची खानेपानी आयोजनाको भुइँ ढलान, भेन्टिलेसन साफ्टको निर्माण, गेट निर्माण, हेड वक्र्स र फिनिसिङ सहितका ७ वटा काम सम्पन्न हुन बाँकी रहेको आयोजनाले जनाएको छ। ९६ प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाको बाँकी काम सक्न करिब ३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।































